गृहले गर्‍यो २६ सीडीओको सरुवा, को को कहाँ पुगे ? हेर्नुहोस

काठमाडौ – गृह मन्त्रालयअन्तर्गतका २६ जना सहसचिव तथा उपसचिवको सरुवा भएको छ।

गृहले प्रमुख तथा सहायक प्रमुख जिल्ला अधिकारीहरुको सरुवा तथा पदस्थापन गरेको हो।

गृहले मंगलबार रुपन्देही, कपिलवस्तु, गोरखा, सर्लाही, काभ्रे, नुवाकोट, सिरहा, डोटी, उदयपुर, सुनसरी, नवलपरासी (सुस्ता पश्चिम), रुकुमलगायतका जिल्लाका प्रमुख जिल्ला अधिकारी, सहायक प्रमुख जिल्ला अधिकारी र निर्देशकहरुको सरुवा तथा पदस्थापन गरेको हो।