प्रचण्ड, खनाल र नेपाल पुगे शितल निवास

काठमाडौं– सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितल निवास पुगेका छन्।

स्रोतका अनुसार ‘प्रचण्ड’ सहित बरिष्ठ नेताहरू झलनाथ खनाल र माधवकुमार नेपाल आइतबार बिहान ११ बजेतिर शितल निवास पुगेका हुन् । नेकपाको चालू स्थायी कमिटी बैठकमा यी तीन नेताले प्रधानमन्त्रीको राजीनामा माग गरेका थिए ।

यसअघि शनिबार साँझ प्रधानमन्त्री ओलीले राष्ट्रपति भण्डारीसँग छलफल गरेका थिए। शितल निवासबाट फर्किएपछि ओलीले मन्त्री, राज्यमन्त्रीहरूलाई बोलाएर राष्ट्रपति र आफूविरूद्ध षड्यन्त्र भइरहेको बताएका थिए । अध्यक्ष प्रचण्डसहितका नेताले महाभियोग लगाउने तयारी गरेको भन्दै पार्टीभित्रको विवाद शीतल निवाससम्म पुगेको हो ।

प्रचण्डसहितका नेताहरू प्रधानमन्त्रीको उक्त अभिव्यक्तिका विषयमा स्पष्ट पार्न शिलत निवास पुगेको बताइएको छ ।