
दमक । झापाको गौरादह नगरपालिका प्रधानमन्त्री के.पी. शर्मा ओली निर्वाचित क्षेत्रको नगरपालिका हो । अहिले त्यही गौरादह नगरपालिकाको वार्ड नम्बर १ र २ मा पर्ने बजारबाट पूर्व किष्ने खोला जाने बाटो पिच नभएको भन्दै स्थानीयहरु आन्दोलित भएका छन् । जुन बाटो पिच नएको भनेर आन्दोलन भईरहेको छ , उक्त बाटो पूर्व अर्थमन्त्री डा.युवराज खतिवडाको घर जाने बाटो पनि हो ।
गौरादह,बैगुनधुरा हुँदै कोरोवारीसम्मको ठेक्का सडक बिभागले नागर्जुन बिष्णु जे.भी. कम्पनीलाई ५ करोड ७२लाख ४२ हजार ८सय ८७ रुपैयाँ ४८ पैसामा २०७४ साल बैशाख २५ गते लगाउदा पनि हालसम्म बाटो नबनेकोले आक्रोशित स्थानीयले बाटो बन्द गरेर बिरोध गरेका छन् ।
`हामीले पहिले पनि पटक पटक संघर्षका कार्यक्रम गरेका हौ , जहिले पनि हामीलाई चाडै बन्छ भनेर आस्वस्त पारिन्छ तर काम हुदैन । यो कोरोनाको हमामारीमा बाटोमा कुद्ने भट्टाका ट्याक्टर र टिपरले धुलो उडाएर सम्पूर्ण गाउँ नै रुघाखोकीको बिमारी छन् , अब हामी के गर्ने ? अरु बिकल्प केही छ ? ´ ओमकार टाईम्स प्रतिनिधिसंग कुरा गर्दै स्थानीय सन्तोष कार्कीले प्रतिप्रश्न गरे ।
`हामीले धेरै चोटि संघर्षका कार्यक्रमहरु गरौं , पटक पटक नगरपालिका गयौं , सडक कार्यालय दमक गयौं , तर केही भएन । जनप्रतिनिधिहरु स्कर्पियोमा हुइकिन्छन् तर हामी धुवा र धुलोमा बस्न बाध्य छौ ।´स्थानीय अशोक कार्कीले ओमकारसंग गुनासो पोखे ।
`गौरादहमा बसेर रोहित साहसंग पंगा लिने ?´ मेयर साह
बाटोको बिषयमा मेयर रोहित कुमार साहसंग स्थानीय प्रतिनिधिहरु कुरा गर्न जादा मेयरले विषयान्तर गरेर पत्रकारहरु प्रति आक्रोश पोखेका छन् ।पटक पटक गौरादह नगरपालिकाको भ्रष्टाचारको बिषयमा संचार माध्यममा आएका कुरालाई लिएर मेयर साह आक्रोशित हुँदै ` हामीलाई काम गर्ने बाताबरण नै छैन , हाम्रो बिरुद्ध गलत समाचार लेखिन्छ ।´ अझ आक्रोशित हुँदै मेयर साहले ` गौरादहमा बसेर रोहित साहसंग पंगा लिने ? ´ सम्म भन्न भ्याए ।
उपस्थित मध्ये जीवन चापागाईंले `त्यो तपाईंको ब्याक्तिगत कुरा हो , हामी पत्रकारले के लेखे भनेर सोध्न आएको हैन , बाटोको बिषयमा कुरा गर्न आएको हो , बाटोको बिषयमा कुरा गरौं ´ भनेपछि मेयर साहले आफुले पहल गरेको , पटक पटक पहल गर्दा पनि केही भएन तर पनि अझै पहल गर्ने बताएर आफ्नो लाचारीपन प्रकट गरे । अन्त्यमा स्थानीयले पानी मात्र हालेर भएपनि धुलोसम्म नियन्त्रण गरिदिन आग्रह गर्दासम्म पनि मेयर साहले पानी पनि हाल्न नसक्ने भनेर आफ्नो गैरजिम्मेवारपन प्रकट गरे ।
जनतालाई चुनाबमा अनेक सपना बाडेर चुनाब जितेका जनप्रतिनिधिले स्थानीय समस्यहरुको सहि सम्बोधन गर्नुको साटो अनेक बहानाबाजी गरेर समस्या जस्ताको तस्तै राख्नुले जनप्रतिनिधिहरु आफैलाई मत दिने मतदाता प्रति कत्तिको जिम्मेवार छन् भन्ने कुरा देखाउछ ।