युरोपमा कोरोना संक्रमित फेरी बढ्न थाले

युरोपमा कोरोना भाइरस (कोभिड–१९) का कारण मृत्यु हुनेको सङ्ख्या गत साताको तुलनामा करिब ४० प्रतिशतले वृद्धि भएको विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले जनाएको छ ।

सङ्गठनकी प्रवक्ता डाक्टर मार्गरेट ह्यारिसले फ्रान्स, स्पेन, बेलायत, नेदरल्यान्डस् र बढी सङ्क्रमित देखिएको बताएकी छन् ।
उनले भनेकी छन्, ‘अहिलेको चिन्ता भनेको धेरै बिरामी मानिसहरूले अस्पतालका सघन उपचार कक्षहरू भरिन थालेका छन् ।’

बिज्ञापन

रुसमा एकै दिनमा ३ सय २० जनाको मृत्यु भएको छ । हालसम्म रुसमा कोभिडका कारण २६ हजार ५ सय ८९ जनाको मृत्यु भइसकेको छ ।

इटलीमा पनि मृत्युदर तीव्र रूपले बढेको छ। त्यहाँ विगत २४ घन्टामा मात्रै २ सय २१ जनाको मृत्यु भएको छ ।

मंगलवार अस्ट्रियामा १ हजारभन्दा बढी मानिसको कोभिडका कारण मृत्यु भएको छ । अमेरिका, भारत, ब्राजिलपछि कोभिड–१९ का धेरै सङ्क्रमित रुसमा छन् । मङ्गलवारमात्रै रुसमा १६ हजार ५ सय ५० जना नयाँ सङ्क्रमित देखिएपछि भिडभाड हुने सबै ठाउँहरूमा मास्क लगाउन अनिवार्य गरिएको छ ।

इटलीमा पनि २४ घन्टामा २२ हजार नयाँ सङ्क्रमित थपिएका छन् । अधिकारीहरूले परीक्षण बढाउनुका साथै नयाँ प्रतिबन्धहरू घोषणा गरिएपछि इटलीभर प्रदर्शनहरू भएका थिए ।

बेल्जियममा अस्पतालहरूमा सङ्क्रमित बिरामीको चाप बढेपछि त्यहाँ सङ्क्रमित चिकित्सकहरूलाई पनि काममा आउन भनिएको छ ।

डब्लुएचओकी प्रवक्ता ह्यारिसले विगत साताको तुलनामा दैनिक सङ्क्रमितको सङख्या एक तिहाइले र मृत्यु हुनेको सङ्ख्या झण्डै ४० प्रतिशतले बढेको बताएकी छन् ।