होम आइसोलेसनमा बसेका दुई संक्रमितको मृत्यु

चितवन । होम आइसोलसनमा बसेका पूर्वीनवलपरासीका दुई जनाको मृत्यु भएको छ । कोरोना भाइरस संक्रमित भई होम आइसोलेलनमा बसेका उनीहरुको शनिबार मृत्यु भएको हो ।

यसरी मृत्यु हुनेमा गैंडाकोट नगरपालिका २ की ७७ वर्षीया महिला र कावासोती नगरपालिका ६ का ६७ वर्षीय पुरुष छन् ।

बिज्ञापन

जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख केशव चापागाईंका अनुसार दुवै जनाको सुरक्षा निकाय, जनप्रतिनिधि र स्वास्थ्यकर्मीको निगरानीमा घर परिवारले नै दाहसंस्कार गर्ने तयारी भैरहेको छ ।