भारतीय सेना प्रमुख नरवणे र प्रधानमन्त्री ओलीबीच भेटघाट  हुँदै

भारतीय सेना प्रमुख मनोज मुकुन्द नरवणे आज प्रधानमन्त्री केपी शर्मा अ‍ोलीसँग भेट्दैछन् । दुईजनाको बीचमा कति वजे भेटहुने कार्यक्रम तय नभए पनि लगभग २ वजे उनीहरुको बीचमा भेट हुने बताइएको छ ।

भारतीय सेना प्रमुख महारथी मनार्थ उपाधिका लागि नेपाल आएका हुन् । यो बिगतदेखि चल्दै आएको परम्परा हो । तर यसपटकको भ्रमणलाई सबैले चासो पूर्वक हेरिएको छ । दुई देशको सीमा विवाद चलिरहेको बेला भारतीय सेना प्रमुख नरवणेको नेपाल भ्रमणप्रति सबैको चासो बढेको छ ।

बिज्ञापन

प्रधानमन्त्री अ‍ोली र भारतीय सेना प्रमुख नरवणेको भेटघाटलाई विशेष रुपमा लिएको छ । उनीहरुको बीचमा विशेष संवाद हुने सम्भावना रहेको बताइएको छ । दुई देशबीचमा देखिएको पछिल्लो सीमा विवाद र संवादहिनताको विषयमा दुई पक्षको बीचमा कुराकानी हुने बताइएको छ । यसअघि भारतीय रअ का प्रमुख सामन्त गोयल असोज ५ गते नेपाल आएर प्रधानमन्त्री ओलीसँग भेटेर फर्किपछि नरवणे नेपाल आएका हुन् ।

उनी दिल्लीबाट विशेष गाइडलाइनका साथ नेपाल आएका हुन् । प्रधानमन्त्री ओलीसाग कुराकानी गरेर दिल्ली फर्केपछि नेपालमा भएका कुराकानीलाई ब्रिफ गर्ने बताइएको छ ।

बुधवार नेपाल आएका नरवणे वसन्तपुर र पशुपती मन्दीर घुमघामका साथै राष्ट्रपति विद्या देवी भण्डारीको हातबाट मनार्थ ग्रहण गरे । नेपाली सेनाका प्रमुख पूर्णचन्द्र थापासँग भेट गरेका छन् । मनार्थ ग्रहणपछि राष्ट्रपति भण्डारीसँगको भेटघाटमा दुई देशको सम्बन्धको बारेमा चिन्ता व्यक्त भएको थियो ।

राष्ट्रपति भण्डारीले दुई देशबीच वार्ताको वतारण बनाउन भूमिका खेल्न आग्रह गरेको बताइएको छ । दुई देशबीच उच्चस्तरी भ्रमणहरु गरी सम्बन्धलाई अझ बलियो बनाउनुपर्ने धारणा राखेकी थिइन् । त्यसका जवाफमा भारतीय सेना प्रमुख नरवणेले नेपालको सन्देश आफूले दिल्लीसम्म पुर्याइ दिने प्रतिबद्धता जनाएका थिए ।

नेपाली सेना प्रमुख थापासँगको बीचमा पनि दुई देशको सम्बन्धको बारेमा चिन्ता व्यक्त गरिएको थियो । स्रोतका अनुसार नेपाली सेना प्रमुख थापाले दुई देशबीचमा देखिएको पछिल्लो विवादलाई कसरी समाधान गर्ने त्यसका लागि दुई देशका सेनाले के कसरी भूमिका खेल्न सकिन्छ त्यसको बारेमा छलफललाई अगाडि बढाउन प्रस्ताव गरेका थिए ।

अहिले माउन्टेल फ्लाइटका लागि नेपाली सेनाको हेलिकप्टर चढेर सोलुखुम्बु पुगेका नरवणे हिमालको अवलोकन गरेर फर्केर शिवपुरीस्थित सैनिक स्टाफ कलेज जानेछन् । त्यहाँ सैनिकलाई सम्बोधन गर्नुको साथै त्यहाँबाट खाना खाएर काठमाडौं फर्कि प्रधानमन्त्री ओलीसँग भेटघाट गर्नेछ ।

भारतीय सेना प्रमुख नरवणे आज पाँच वजे आफ्नो विशेष विमानबाट भारत फर्किनेछन ।