भगमान गौतमबुद्ध जन्मस्थल तिलौराकोट जोड्ने बाटोको पिच एक हप्तामै उक्कियो

काठमाडौं । भगवान गौतमबुद्धको राजधानी तिलौराकोट जोड्नका लागि बन्दै गरेको कालोपत्रे सडक चपरी झै उप्किन थालेको छ ।

पूर्व पश्चिम राजमार्ग देखि प्रदेश–५ को पर्यटकीय गन्तव्य जगदीसपुर ताल हुँदै तिलौराकोट दरबार जोडने सडक कालोपत्रे भएको एक साता मै उप्किन सुरु भएको हो । निमार्ण कार्यमा बदमासी गरे पछि कपिलवस्तु नगरपालिकाको वडा नम्बर ६ तिलौरा गाउँमा कालोपत्रे उक्किएको छ।

बिज्ञापन

ठेकेदारले दशैँको मौका छोपेर ८०० मिटर सडक कालोपत्रे गरेका थिए। बेस राखे पछि धुलो सफा नगरी पिच गर्न थाले पछि स्थानीयले विरोध समेत गरेका थिए । उप्किएको भागमा हेर्ने हो भने स्थानीयले भने जस्तै माटो माथि नै कालोपत्रे भएको देखिन्छ। बेस र कालोपत्रे साना बाल बालिकाले समेत सजिलै उक्काउन सक्छन् ।

कपिलवस्तुको पर्यटनका विकास हुने आशा लिएको सडक जगदिसपुर ताल, लम्वुसागर हुँदै तिलौराकोट सम्म पुग्छ । राजमार्गको बनगाईदेखि जगदिसपुर ताल सम्म यस अगाडि पिच भइसकेको छ । पिच गर्न बाँकी रहेको करिब ७‍.५ किमी खण्डमा सडक र नाला निमार्ण कार्य भइरहेको छ। ठेकेदारले कपिलवस्तु नगरपालिका वडा– ६ को बाबा कुटीबाट तिलौरीसम्मको सडक कालोपत्रे गरी सकेको छ । बाकीँ ठाउँमा समेत तीव्र रूपमा काम गर्दै आइरहेको छ । बेस राखे पछि राम्रो सँग भाइब्रेटर नलगाई ठेकेदारले कालोपत्रे गरेको स्थानीय वेदनाथ आचार्यले बताए ।

साना–साना बालक खेल्दै गर्दा कालोपत्रे उप्किए पछि स्थानीयले सडकमा निमार्ण कम्पनीले बदमासी गरेको आरोप लगाएका छन् । कमसल बेस हालेका कारण र कालोपत्रे गर्दा सफा नगरेको कारण कालोपत्रे राम्रो सँग सेट भएको स्थानीयले दाबी गरे । ठेकेदार कम्पनी सन्तोषी निमार्ण सेवाका कर्मचारी विशाल पन्थीले अस्फाल्ट प्रविधिबाट पहिलो पटक सडक कालोपत्रे गरेको हुनाले बिग्रिएको हुन सक्ने बताए । बदमासी गरिएको छैन बिग्रिएको भागहरू एक वर्ष सम्म मर्मत गर्ने जिम्मा आफ्नो रहेकोले तत्काल मर्मत गरिने बताए ।

शहरी विकास कार्यालय, सङ्घीय आयोजना कार्यान्वयन इकाईका इन्जिनियर राजु यादवले निमार्ण कम्पनीले गलत गरेको स्वीकार गरे । ठेकेदार कम्पनीलाई काम रोक्नु भन्दा पनि जबरजस्ती कालोपत्रे गरेको थियो। बिग्रिएको भागमा मर्मत गर्नका लागी ठेकेदार पक्षलाई निर्देशन दिइने यादवले बताएका छन् ।

फाईल फोटो