
काठमाडौं- हालै मधेसको भ्रमण सकेका पूर्वराजा ज्ञानेन्द्र शाहले आइतबारदेखि पूर्वी नेपालको भ्रमण गर्ने भएका छन् । शाहले आइतबार देखि इलाम र पाँचथर जिल्लाको भ्रमण गर्ने तय भएको पूर्वराजाका प्रेस संयोजक फणि पाठकले जानकारी दिए ।

बिज्ञापन



भ्रमणका क्रममा शाहले त्यहाँ रहेका विभिन्न मठ मन्दिरको दर्शन गर्नुका साथै समर्थकहरुसँग पनि भेटघाट गर्ने तय भएको बताइएको छ । यसअघि फागुन २९ देखि चैत ३ गतेसम्म पूर्वराजाले मधेसका विभिन्न जिल्लाको भ्रमण गरेका थिए ।
