
काठमाडौं । कञ्चनपुर महेन्द्रनगरकी १३ वर्षीया किशोरी निर्मला पन्तको रहस्यमय हत्या र ३३ किलो सुनकाण्डले प्रहरी सङ्गठनको छवि नै धमिल्याइदियो । यी दुई घटनाले प्रहरीका नियमित कामकारबाहीमाथि शङ्का उपशङ्का उब्जिए । साथै जनविश्वास गुमाएको आरोप खेप्नुपरेको छ । के नेपाल प्रहरी अपराध अनुसन्धानमा कमजोर बन्दै गएको हो त रु तर विज्ञहरू स्रोत र साधनको अभावबीच पनि नेपाल प्रहरी अपराध अनुसन्धानमा अग्र स्थानमा रहेको बताउँछन् ।

सफल अपराध अनुसन्धान, नियमित कामकारबाही र निरन्तरताले भने नेपाल प्रहरी दक्षिण एसियाका अन्य प्रहरी सङ्गठनको तुलनामा अब्बल र उत्कृष्ठ नै रहेको सुरक्षा विश्लेषकहरूको दाबी छ ।
दक्षिण एसियामा भुटानपछि नेपाल शान्त र सुरक्षित मुलुकको रूपमा परिचित छ । यसको मुख्य आधार सुरक्षाअनुभूति हो एक विश्लेषकको धारणा छ ।
“राज्यका चारवटा सुरक्षा निकायहरूमा प्रहरी अपराध अनुसन्धानका अतिरिक्त शान्तिसुरक्षाको महत्वपूर्ण जिम्मेवारी पाएको सुरक्षा सङ्गठन हो,” सुरक्षा विश्लेषक हेमन्त मल्ल ठकुरी भन्छन्, निर्मला हत्या घटना र ३३ किलो सुनकाण्ड मात्र प्रहरीको छवि मापन गर्ने आधार होइन । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।