रुसी सेनाले गर्‍यो तेल र ग्यास लाइनमा आक्रमण

एजेन्सी । रुसी सेनाले युक्रेनको तेल र ग्यास लाइनमा आक्रमण गरेको छ।

रुसी सेनाले युक्रेनको राजधानी किभबाट ३० किलोमिटर टाढा रहेको भासिल्किएभ आयल टर्मिनलमा मिसाइल प्रहार गरी युरोपमा लगिएको पाइप लाइनमा आक्रमण गरेको समाचारमा उल्लेख छ।

रुस समर्थित विद्रोहीले रोभेन्की सहरमा रहेको एउटा आयल टर्मिनलमा पनि आक्रमण गरेको समाचारमा उल्लेख छ ।

रुसी सेनाले युक्रेनको पूर्वमा रहेको देशको दोस्रो ठूलो सहर खार्किभको प्राकृतिक ग्यास पाइपलाइनमा समेत विस्फोट गराएको छ ।

यो पाइपलाइनमा विष्फोट भएपछि युरोपभर लगिएको रुसी ग्यास आपूर्तिमा समस्या हुन सक्ने जनाइएको छ ।