
राष्ट्रिय जल तथा मौसम पूर्वानुमान महाशाखाले आज (बुधबार) देशभर मौसमका प्रभावबारे विवरण सार्वजनिक गरेको छ ।

महाशाखाका अनुसार आज बिहानैदेखि देशका अधिकांश स्थानमा चिसो बढेको छ । त्यस्तै, दिउँसो पनि देशका पहाडी भू–भागमा आंशिक बदली रही अन्य भू–भागमा मौसम सामान्यतया सफा रहने बताइएको छ ।
बिज्ञापन



साथै, राती पनि पहाडी भू–भागमा आंशिक बदली रही हल्का चिसो बढ्नुका साथै अन्य भू–भागमा मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
