चुनाव प्रचार प्रसारको समय अब १५ दिन मात्र

काठमाण्डौं।  निर्वाचन आयोगले चुनाव प्रचारको समय घटाउने गरि निर्वाचन कानुनमा केही संसोधन गर्ने तयारी गरेको छ । आज विभिन्न मिडियाका सम्पादकहरूसँग आयोगले गरेको अन्तरक्रियामा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन कानुन संसोधन गर्न लागेको र त्यसको मस्यौदा तयार रहेको जानकारी दिनुभयो ।

उहाँले निर्वाचन संचालन तथा व्यवस्थापन सम्बन्धि विधेयक मस्यौदामा मतदानको १५ दिन अघिसम्म भोट माग्न नपाइने, घरदैलो र आमसभा गर्न नपाइने व्यवस्था राखिएको बताउनुभयो । चुनाव प्रचारको समय धेरै राखेका कारण उम्मेदवारले धेरै खर्च गर्ने अवस्था रोक्न सो व्यवस्था गर्न लागेको उहाँको भनाइ छ ।

बिज्ञापन