बारामा केमिकल फ्याक्ट्रीमा आगलागी , १७ लाख बराबरको क्षति

बारा । बाराको एक केमिकल फ्याक्ट्रीमा आगलागी भएको छ । जिल्लाको कोल्हबी नगरपालिका–१ स्थित नेपाल एग्रो केमिकल फ्याक्ट्रीमा मंगलबार साँझ आगलागी भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

प्रहरीका अनुसार विद्युत सर्ट भई आगलागी हुँदा १७ लाख रुपैयाँ मूल्य बराबरको धनमाल जलेर क्षति भएको छ । आगलागीबाट विद्युतको बोर्ड, मोटर र कच्चापदार्थ जलेको प्रहरीको भनाइ छ ।