पिएसजीले स्पेनिस क्लब रियल म्याड्रिडलाई गर्याे पराजित

च्याम्पियन्स लिग फुटबलको प्रि-क्वाटरफाइनलको पहिलो लेगमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेइन (पिएसजी) ले स्पेनिस क्लब रियल म्याड्रिडलाई १-० ले पराजित गरेको छ।

पिएसजीको घरेलु मैदानमा भएको खेलमा केलियन एम्बाप्पेले इन्जुरी समयको चौंथो मिनेटमा गरेको एकमात्र गोल पिएसजीलाई पहिलो लेगमा अग्रता दिलाउनका लागि पर्‍याप्त भयो। १३ पटक च्याम्पियन रियल विरुद्व पिएसजीले खेल नियन्त्रणमा राखेपनि गोल गर्न भने सकेको थिएन।

बिज्ञापन

खेलको ६४ औ मिनेटमा एम्बाप्पेलाई रियलका डिफेन्डरले लडाएपछि पाएको पेनल्टीलाई लियोनेल मेसीले गरेको प्रहार रियलका गोलरक्षक थिबाउट कोर्टोइसले सानदार बचाउ गरेका थिए।

खेलमा पिएसजीले रियललाई दबाब राख्दै आक्रमणको प्रयास गरेपनि गोलरक्षक थिबाउटले उत्कृष्ट बचाउ गर्दै रियलको संकट टारेका थिए। अब यि दुईबिचको दोस्रो लेग रियलको घरेलु मैदामा १० मार्चमा हुने छ।