
काठमाडौं । काठमाडौं उपत्यकामा कोरोना संक्रमणबाट आज एकैदिन १० जनाकाे मृत्यु भएकाे छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा तीन र ललितपुरमा सात गरी १० जना कोरोना संक्रमितको मृत्यु भएको हाे । साथै काठमाडौंमा ५९९, ललितपुरमा १६० र भक्तपुरमा ६३ जनालाई कोरोना संक्रमण देखिएको छ ।
बिज्ञापन



योसँगै उपत्यकामा कुल संक्रमित संख्या एक लाख ७ हजार १२४ पुगेको मन्त्रालयले जनाएको छ ।
