सेफ्टी ट्याङकी सफा गर्ने क्रममा खसेर २ जनाको मृत्यु

महेन्द्रनगर : कञ्चनपुरमा सेफ्टी ट्याङकीमा खसेर २ जनाको मृत्यु भएको छ ।

जिल्लाको भीमदत्त नगरपालिका वडा नं.२ महुलियाका स्थानीय सरस्वती भट्टको घरमा सेफ्टी ट्याङ्की सफा गर्ने क्रममा खसेर २ जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा भीमदत्त नगरपालिका-१८ का ४० वर्षीय घुमन डगौरा र बेलौरी घर भइ भीमदत्त नगरपालिका ४ बस्ने ३५ वर्षीय गणेश राना रहेको प्रहरीले जनाएको छ ।