
धनगढी : पछिल्लो समय कैलाली कञ्चनपुरमा सिकलसेल एनिमियाका बिरामीहरुको संख्या बढेको छ ।
विरामीहरुको संख्याको अनुपातमा भरपर्दो उपचारको व्यवस्था नहुँदा स्वास्थ्य समस्या झन बढेको बताइएको छ ।
कैलाली र कञ्चनपुरलगायत ठाउँका विरामीको उपाचार सेती प्रादेशिक अस्पताल धनगढीमा मात्रै हुँदै आएको छ । अन्य स्थानमा उपचारको व्यवस्था नहुँदा विरामीलाई समस्या हुने गरेको हो । सरकारले सिकलसेलका बिरामीको उपचारका लागि विपन्न नागरिक कोषबाट १ लाख रुपैयाँ सहयोग गर्दै आएको छ ।
तर सहयोग बाफतको सो रकम सकिँदा थप उपचारमा समस्या हुने गरेको बताइएको छ । सिकलसेल नेपाल कैलालीका अध्यक्ष तथा सिकलसेलका बिरामी समेत रहेका सुरेश कठरियाले सिकलसेलको उपचार र औषधी जहाँतही नपाउँने र विरामीले निरन्तर औषधी सेवन गर्नुपर्ने भएकोले उपचार खर्च न्यून भएको बताए ।