कोरोनाका कारण २२ वर्षीया युवतीको मृत्यु

काठमाडौं । कोरोना भाइरस संक्रमणबाट महोत्तरीमा २२ वर्षीया युवतीको आज बिहान मृत्यु भएको छ ।

बर्दिबास–२ कि ती युवतीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ । उनलाई सुत्केरी भएपछि उच्च रक्तचाप देखिएपछि जनकपुरस्थित जनकपुर सिटी अस्पतालले प्रतिष्ठानमा रिफर गरेको थियो ।

बिज्ञापन

गत मंसिर २ गते उनलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि सोही दिन प्रतिष्ठानको कोरोना अस्पतालमा भर्ना गरिएको थियो ।