
काठमाडौं : राजसंस्था पुर्नस्थापनाको माग गर्दै राष्ट्रिय शक्ति नेपालले आज काठमाडौंको माइतीघरमा प्रदर्शन गरेको छ ।

पछिल्लो समय देशको विभिन्न शहरमा राजतन्त्रको पक्षमा र्याली हुँदै आएको छ । यसैअन्तर्गत सोमबार राष्ट्रिय शक्ति नेपालले राजतन्त्रको पक्षमा प्रदर्शन गरेको हो ।
बिज्ञापन



राष्ट्रिय झण्डा बोकेर माइतीघरमा जम्मा भएका उनीहरुले ‘राजा जनता एक हौं,’ ‘राष्ट्रिय एकता कायम गर’ भन्दै नारा लगाउँदै नयाँ बानेश्वर पुगेका थिए ।

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी आन्तरिक कलह र प्रमुख प्रतिपक्षी दल नेपाली काँंग्रेस निस्तेज अवस्थामा रहँदा पछिल्लो समय राजावादीहरु सक्रिय देखिएका हुन् ।
आजको जुलुसमा पनि प्रदर्शनकारीले जनतासँग जोडिएका मुद्दालाई उठाएका थिए ।