ओलीलाई नेकपा सचिवालयले दियो २० मंसिरसम्मको समय

नेकपाका वरिष्ठ नेता झलनाथ खनालले अध्यक्ष ओलीलाई अर्को बैठकमा सोचेर उपस्थित हुन आग्रह गरिएको बताएका छन् ।

सचिवालय बैठकपछि संचारकर्मीसँग कुराकानी गर्दै उनले आजको बैठक ओलीको अनुपस्थितिका कारण स्थगित भएको र आगामी बैठक भने उनी अनुपस्थित भए पनि अगाडि बढ्ने बताए ।

‘बैठक छोटो भयो, ओलीजी आउनुभएन,’ उनले भने, उहाँकै बारेमा छलफल गर्ने बैठकमा उहाँ नआएपछि बैठक हुने कुरा हुँदैन । अर्को बैठकमा सोचेर आउन भनेका छौँ । उहाँ नआए पनि अर्को बैठक अगाडि बढ्छ । ‘

उनले २० मंसिरमा सचिवालय बैठक र २१ मंसिरमा स्थायी कमिटी बैठक राखिएको पनि जानकारी दिए ।