
दाङ : देशभक्त नेपाली नागरिकले संवैधानिक राजसंस्था र हिन्दु राष्ट्र पुर्नस्थापनाको माग गर्दै दाङमा प्रदर्शन गरेको छ ।

बिहीबार राजसंस्थाको पक्षमा देशभक्त नेपाली नागरिकको आह्वानमा दाङमा बृहत्त मोटरसाइकल र्याली निकालिएको हो ।
बिज्ञापन



घोराही, तुलसीपुर, लमही लगायतका स्थानबाट जम्मा भएका मानिसहरु र्यालीमा सहभागी भएका थिए ।

र्यालीमा सहभागीहरुले राष्ट्रिय झण्डा फहराउँदै ‘हाम्रो राजा हाम्रो देश प्राणभन्दा प्यारो छ’, ‘नेपाली जनता के भन्छ राजारानी ले भन्छ’, ‘राजा ल्याऊ देश बचाऊ’ जस्ता नारा लगाएका छन् ।