
झापा : झापाको दमकमा एक शिक्षकले विद्यार्थीलाई बलात्कार गरी गर्भ बोकाएर फरार भएका छन् ।एक निजी विद्यालयका शिक्षकले कक्षा ७ मा पढ्ने एक १४ वर्षीय बालिकालाई गर्भ बोकाएर फरार भएका हुन् ।बालिका होस्टेल बसेर पढ्ने गरेकि थिईन् ।
दमकका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले घटनाका विषयमा जाहेरी ढिला गरी आएका कारण ती शिक्षकको खोजी गर्दै जाँदा ती शिक्षक भारतीय भएको र घटनाबारे गाइँगुइँ चल्न थाले लगत्तै उनी भागेर भारत छिरेको आफूहरूलाई सूचना प्राप्त भएको जानकारी दिए ।
१४ बर्सिया ती बालिका यति बेला परिवारकै साथमा रहेकी छिन् । ती विद्यार्थीको पेटमा ६ हप्ताको बच्चा रहेको जनाइएको छ ।