
काठमाडौं : आज ७२ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवस । नेपालसहित विश्वभर विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदै छ । हरेक वर्षको १० डिसेम्बरमा अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाइन्छ ।

सन् १९४८ मा संयुक्त राष्ट्रसंघको महासभाले मानव अधिकार घोषणापत्र पारित गरेको ऐतिहासिक दिनको अवसरमा यो दिवस मनाउन थालिएको हो ।



यो दिवस अधिकारकर्मी, महिला, अपांग भएका व्यक्तिहरु, यौनिक तथा लैंगिक अल्पसंख्यकहरु सीमान्तकृत समुदाय, बालबालिकालगायत विभेदमा पर्न गएका सबैको अधिकारको प्रत्याभूतिको माग गर्दै मनाइने गरिन्छ ।

दिगो विकासका लागि मानव अधिकारको प्रत्याभूती जरुरी छ, धर्म, भाषा अथवा लिंगका नाममा मानवमाथि हिंसा र आक्रमण भइरहेको वर्तमान परिपेक्ष्यमा समानताका लहरहरुको आवश्यतालाई मानव अधिकारका धारणाले मात्र सम्बोधन गर्न सक्दछन् । शसस्त्र द्वन्द्व अनि त्यसपछिको संक्रमणकालले निम्ताएको दण्डहिनताको वातावरणले गर्दा नेपालमा पनि मानव अधिकारको बलियो जग बसाल्न बाँकी नै छ । कतै अपराधीहरुलाई कारवाही गर्न बाँकी छ त कतै कानूनी खोल ओढाएर साथ र संरक्षण दिने जमातबाट पीडितहरूलाई न्याय दिन बाँकी छ ।
त्यसैगरी आज डिसेम्बर १० अर्थात लैङ्गिक हिंसाविरुद्धको १६ दिन अभियानको अन्तिम दिन । वर्षैभरी उठान गरिनुपर्ने विषयलाई १६ दिनभित्र सीमित गरिनुभन्दा पनि हरेक दिन महिला हिंसाविरुद्ध सबैले आवाज उठाउनुपर्ने यौनिक अल्पसंख्याकहरुको माग छ । हिंसाको उत्पादकत्व, कुल ग्राहस्थ उत्पादन र मुलुकको समृद्धिमा पनि प्रत्यक्ष असर गर्ने भएकाले हिंसा निर्मूल पार्न सबैको साथ अनि सहयोगको आवश्यक रहेको हुन्छ ।