
काठमाडौं : नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला ९ सयले घटेको छ । बिहीबार छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार ५ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बुधबार छापावाला सुन प्रतितोला ९३ हजार ४०० मा कारोबर भएको थियो ।
यस्तै तेजाबी सुनसमेत प्रतितोला ९ सयले ओरालो लागेको छ । बुधबार प्रतितोला ९२ हजार ९५० मा कारोबर भएको तेजाबी सुन आज भने प्रतितोला ९२ हजार ५० मा कारोवार गर्ने गरी मूल्य निर्धारण गरिएको छ ।
यस्तै चाँदीको मूल्य प्रतितोला १५ ले घटेको छ । बुधबार प्रतितोला एक हजार २१५ मा कारोवार भएको चाँदी आजका लागि भने प्रतितोला एक हजार २०० मा कारोवार गर्ने गरी मूल्य निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।