
डडेल्धुरा । स्कुल जान तयरी गर्दै गरेकी एक बालिकालाइ चट्याङ लाग्दा डडेल्धुरामा मृत्यु भएको छ। त्यस्तैगरी अन्य तीनजना घाईते भएका छन् ।
मृत्यु हुनेमा परशुराम नगरपालिका–३ मार्कुकी १३ वर्षीया संगीता भाट रहेको जिल्ला प्रहरी कार्यालय डडेलधुराले जनाएको छ। बुधबार (आज) बिहान विद्यालय जान तयारी गर्दै गर्दा उनलाई चट्याङ लागेको थियो । गम्भीर घाईते भएपछि उपचार गर्न अस्पताल लैजाँदै गर्दा उनको बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय जोगबुडाका प्रहरी निरिक्षक इश्वरीदत्त पाण्डेयले जानकारी दिए। संगीता भागेश्वर मावि शीर्षमा कक्षा ८ मा अध्ययनरत थिइन्।
त्यसैगरी चट्याङका कारण सोही स्थानका ४० वर्षीय भरत विष्ट, ५० वर्षीय महादेव भट्ट र १५ वर्षीया मीना भाट घाईते भएका छन् ।
घाइते मध्ये भरतको अवस्था गम्भीर प्रहरीले बताएको छ । घाईते तीनै जनालाई उपचारका लागि अस्पताल पठाईएको प्रहरी निरिक्षक इश्वरीदत्त पाण्डेयले जानकारी दिएका छन् ।