
झापा, झापाको कमल गाउँपालिका ७ स्थित गेउरिया सडकखण्डमा आज बिहान मालवाहक पिकअप भेन दुर्घटना हुदाँ पाँच जना घाईते भएका छन् । पाडाजुगी – गाैरीगञ्ज सडक अन्तर्गत गेउरिया खण्डमा आज विहान १० बजे तिर मे १ च ६४९७ को पिकअप भेन पल्टिदा चालक दमक ६ का २० बर्षिय रोहन यादवसहित ५ जना घाईते भएका छन् ।
मार्वल्स बोकेर गौरीगञ्जतर्फ जादै गरेको पिकअप भेनको चक्का खुस्केर आफैं दुर्घटना भएको इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायव उपरीक्षक विजयराज पण्डितले जानकारी दिए ।