राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठक पुस ४ गते

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्यसम्पादन समितिको बैठक पुस पहिलो साता बस्ने भएको छ ।अध्यक्षत्रयको शनिबार बसेको बैठकले पुस ४ गते काठमाडौंमा केन्द्रीय समिति बोलाउने निर्णय गरेको अध्यक्ष कमल थापाले जानकारी दिए ।

बैठकमा देशको समसामयिक राजनीतिक परिस्थिति, पार्टी संगठनको सुदृढीकरण, महाधिवेशनको तयारी र भावि संघर्षको कार्यक्रम लगायतका विषयमा छलफल हुने थापाको भनाई छ ।

बिज्ञापन