
काठमाडौं : नेपाल टेलिकमको पोस्टपेड मोबाइल सेवाको बिलिङ प्रणालीमा मंगरबार रातिदेखि समस्या आएको छ । पोस्डपेडको बिलिङ प्रणालीमा समस्या आएको टेलिकमले जनाएको छ ।

टेलिकममा अनुसार अहिले समस्या पत्ता लगाउने काम तीव्र गतिमा भइरहेको छ । तर, समस्या अहिलेसम्म पत्ता लागि नसकेको टेलिकमको भनाइ छ ।
बिज्ञापन



टेलिकमले हरेक अंग्रेजी महिनाको १५ गते पोस्टपेडको बिलिङ गर्ने गरेको छ । सोही क्रममा समस्या आएका कारण रकम भएका ग्राहकको पनि फोन सेवामा समस्या आएको छ । अहिले समस्या समाधनका लागि काम भइरहेका टेलिकमले जनाएको छ ।
