नेकपा स्थायी कमिटी बैठक सुरु, ओली अनुपस्थित

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली भने अनुपस्थित छन् । ओली नआइपुगे पनि कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बैठक सुरु गरेका छन् ।
बैठक अगाडि बुधबार विहान ओली र प्रचण्ड बीच भेटवार्ता भएको थियो । करिब आधा घण्टा छलफल गरेर प्रचण्ड बैठकमा आएका हुन् ।

बिज्ञापन