
काठमाडौं : बक्यौता रकम भुक्तानीमो माग गर्दै चार दिनदेखि आन्दोलनरत उखु किसानले बिहीबार हलो र जुवासहित प्रदर्शन गरेका छन् ।

काठमाडौंको माइतीघरमा प्रदर्शन गरिरहेका किसानहरुले आज हलो र जुवासहित प्रदर्शन गरेका हुन् ।
बिज्ञापन



किसानहरु धर्ना बसेको स्थान अगाडि छातीमा प्लेकार्ड झुण्ड्याएका किसानले हलो जोतिरहेको अर्थ दिने गरी हलो र जुवा प्रदर्शनमा राखिएको छ । बुधबार किसानहरुले उखुको ढाँकसहित प्रदर्शन गरिरहेका थिए ।

काठमाडौंको माइतीघरमा आइतबारदेखि निरन्तर उखु किसान प्रदर्शनमा छन् ।