
काठमाडौं – सिंहदरबार धर्ना दिन गएका नागरिक अभियान्ता पक्राउ परेका छन् ।

धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको बेथितिविरुद्ध जारी आन्दोलनको समर्थनमा आइतबार सिंहदरबारमा धर्ना दिन गएका नागरिक अभियान्ता पक्राउ परेका हुन् ।
बिज्ञापन



पक्राउ पर्नेमा नागरिक अभियन्ता नारायण वाग्ले, खगेन्द्र संग्रौला, सञ्जीव उप्रेती, नारायण ढकाल, नवीन तिवारी, शशी विक्रम कार्की, विमल अर्याल, अर्चना थापा, प्रनेतालगायत १६ जना छन् । उनीहरूलाई महेन्द्र पुलिस क्लबमा राखिएको छ ।

आन्दोलन चौथो साता चलिरहँदासमेत सरकारले वार्ताका लागि पहल नगरेको भन्दै नागरिक आन्दोलनका अभियान्ता दबाब स्वरूप सिंहदरबारमा धर्ना दिन पुगेका थिए ।
बृहत् नागरिक समाज पछिल्लो केही दिनयता धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको बेथितिविरुद्ध आन्दोलित छ ।