
काठमाडौं। गृहमन्त्री बालकृष्ण खाणले नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलसँग भेटघाट गरेका छन् ।

नेता पौडेलको निवास बोहोराटारमा भएको भेटमा समसामयिक राजनीति र पार्टीको संगठन सुदृढीकरणबारे कुराकानी भएको कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका खाणले जानकारी दिए ।
बिज्ञापन



‘मुलुकको सुमसामयिक राजनीतिक र पार्टीको संगठन सुदृढिकरण र क्रियाशील बानाउनेबारे कुराकानी भयो,’ खाणले भनले ।

कांग्रेसमा मनोनयन गर्न बाँकी केन्द्रीय सदस्यको मनोनयन र पार्टीका केन्द्रीय स्तरका विभाग, समिति बनाउने र भ्रातृ संस्थालाई पूर्णता दिने तयारी छ ।