
काठमाडौं : सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका स्थायी समिति सदस्यहरुले माधव नेपाललाई नेकपा अध्यक्ष बनाउने तयारी गरेका छन् ।
मंगलबार बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा प्रचण्ड–नेपाल समूहले बोलाएको स्थायी समिति बैठकबाट प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीलाई कारबाही गरेर नेपाललाई अध्यक्ष बनाउने तयारी गरेको हो ।
सञ्चारकर्मीसँग कुरा गर्दै एक स्थायी समिति सदस्यले दिउँसो १ बस्ने केन्द्रीय समिति बैठकबाट उक्त निर्णय हुन सक्ने जानकारी दिए ।
उनका अनुसार नेकपाको विधानमा दुई अध्यक्षको व्यवस्था छ । ओलीलाई कारबाहीपछि रिक्त हुने पदमा माधव कमरेड अध्यक्ष बन्नेछन् । पार्टी एकताको सन्देश दिन पनि दुई अध्यक्ष हुन्छ ।