घट्यो सुनचाँदीको मूल्य

काठमाडौं । सुनचाँदीको मूल्य आज पनि  घटेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ९ सय रूपैयाँले घटेको हो । जसअनुसार आज छापावाल सुनको भाउ तोलामा ९४ हजार रूपैयाँ कायम भएकाे छ ।

हिजो मंगलबार छापावाल सुनको भाउ प्रतितोला ९४ हजार ९०० रूपैयाँमा कारोबार भएको थियो । यसैगरी आज तेजाबी सुनको मूल्य ९३ हजार ५०० रूपैयाँ कायम भएकाे छ ।  आज चाँदीको मूल्य प्रतितोला एक हजार २६५ रूपैयाँमा कारोबार भइरहेको छ ।

बिज्ञापन