जन्म दिनको अवसरमा शैक्षिक सामग्री वितरण

झापाको अर्जुनधारा नगरपालिका वडा नम्बर ६ स्थित श्री लक्ष्मी मा.विका बालशिक्षाका १२ जना बालबालिकाहरु लाई शौक्षिक सामाग्री वितरण गरीएको छ ।

बिर्तामोड नगरपालिका निवासी बुबा भरत महतारा र आमा सिर्जना रोक्का महताराकी जेष्ठ सुपुत्र निजोनजङ्ग महताराले नवौं जन्मउत्सवको अवसरमा लक्ष्मी मा.विका बालशिक्षाका १२ जना बालबालिकाहरुलाई कपि पेन्सिल तगायतको शौक्षिक सामाग्री वितरणरका गर्नुभएको थियो ।

बिज्ञापन

भिजन राईज नेपालका‌ संस्थापक अध्यक्ष समेत रहेका भरत महताराले छोराको जन्म दिनमा सेवामुखी भावनाले सहयोग गर्न पाउँदा खुशि व्यक्त गर्नुभयो ।

त्यसैगरी, सोहि विद्यालयको शिक्षिका समेत रहनुभएकी आमा सिर्जना रोक्काले होटेल रेष्टुरेन्टमा गएर जन्मदिन मनाउनुभन्दा त्यो पैसाबाट आफ्नै गाउँमा रहेको विद्यालयका विद्यार्थीहरुलाई सहयोग गरौँ भन्ने लागेर विद्यार्थीहरुसँगै विद्यालयमै छोराको जन्मदिन मनाएको बताउँदै उक्त अवसर प्रदान गर्नुहुने सम्पुर्णमा आभार तथा धन्यवाद व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा भिजन राईज नेपालका‌ सचिव डाक्टर धर्मेन्द्र कुमार शाहले जन्मदिनका अवसरमा फजुल खर्च गरि तडकभडक रुपमा मनाउने पछिल्लो पुस्तालाई महताराको यो कार्यले समाज परिवर्तनको सन्देश दिएको बताउँदै जन्मदिनको शुभकामना दिँदै धन्यवाद व्यक्त गर्नुभएको छ ।