प्रधानमन्त्री ओलिले बोलाए मन्त्रीपरिषदको बैठक

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले आकस्मिक रुपमा मन्त्रिपरिषद् बैठक बोलाएका छन्। बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्री ओलीले आज साँझ ६ बजेका लागि मन्त्रिपरिषद बैठक बोलाएका हुन्।

गत आइतबार पनि प्रधानमन्त्री ओलीले आकस्मिक मन्त्रिपरिषदको बैठक बोलाएका थिए । त्यस दिन बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले प्रतिनिधि सभा विघटन गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको थियो। प्रतिनिधि सभा विघटन भएपछि पहिलो पटक मन्त्रिपरिषद् बैठक बस्न लागेको हो। यसबीचमा सात जना मन्त्रीले प्रतिनिधि सभा विघटनको विरोधमा राजीनामा दिएका छन्।

बिज्ञापन

प्रधानमन्त्री ओलीले गरेको संसद विघटनको चौतर्फी विरोध भएको थियो । त्यसविरुद्ध सर्वाेच्च अदालतमा रिटसमेत परेको छ । प्रधानमन्त्रीकै कदमपछि बाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध प्रदेशसभामा अविश्वासको प्रस्तावसमेत दर्ता भइसकेको छ ।

प्रधानमन्त्रीले थप कदम चाल्ने अभिव्यक्ति दिइरहेकै बेला आज आकस्मिक मन्त्रिपरिषदको बैठक बोलाएका छन् । यद्यपि प्रधानमन्त्री ओलीले आजै मन्त्रीमण्डल हेरफेर गर्ने अनुमानसमेत गरिएको छ । सत्तारूढ नेकपा दुई समूहमा विभाजित भएपछि खाली भएका मन्त्रालयमा ओलीले आफूसँग आएका केही नेतालाई मन्त्री बनाउन लागेका छन्।