झापामा मोटरसाइकल दुर्घटनामा परि एकजनाको मृत्यु

दमक /  झापाको कन्काई नगरपालिका–४ कोटिहोममा मे.११प ३५८३ नम्बरको मोटरसाइकललाई डब्लु बि ६१ ए ९३८५ नम्बरको ग्याँस बोक्ने ट्याङ्करले बिहीबार दिउसो ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ।

 

बिज्ञापन

मृत्यु हुनेमा मोटरसाइकलमा सवार ईलाम माईजोकमाई गाउँपालिका–४ बस्ने ३६ वर्षीय चन्द्रकुमार लिम्बु रहेका छन्। दुर्घटनामा गम्भीर घाइते भएका उनको बि एण्ड सि हस्पिटल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो। ट्याङ्कर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।