
झापा : झापाको कनकाई नगरपालिकाका मेयरको बुबाको निधन हुँदा नगरपालिकाभर सार्वजनिक बिदा दिइएको छ ।कनकाई नगरपालिकाले मेयर राजेन्द्र पोखरेलको बुबाको निधनमा आज (बिहीबार) सार्वजनिक बिदा दिएको हो ।मेयर पोखरेलका बुवा गणेशप्रसाद पोखरेलको ८७ वर्षको उमेरमा हिजो (बुधबार) निधन भएको थियो ।
उनको निधनको शोकमा नगरपालिकाले बिहीबार एक दिन नगरपालिकाभर सार्वजनिक विदा दिएको हो ।आज कनकाई नगरपालिकाको कार्यालय, मातहतका सबै वडा कार्यालयहरु, स्वास्थ्य संस्था तथा शैक्षिक संस्थाहरुमा समेत सार्वजनिक बिदा दिइएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहन प्रसाद न्यौपानेले जारी गरेको सार्वजनिक सूचनामा उल्लेख छ ।