
बुटवलः राजस्व अनुसन्धान कार्यालय बुटवलको हाताभित्र रहेको भारतीय ट्रकबाट प्रहरीले पेस्तोल फेला पारेको छ ।

राजस्व अनुसन्धानसम्बन्धी मुद्दामा राजस्व अनुसन्धान कार्यालयभित्र रहेको भारतीय जिजे ०६ एजेड ६३५१ नम्बर प्लेटको ट्रकबाट प्रहरीले एक थान पेस्तोल बरामद गरेको जनाएको छ ।
बिज्ञापन



जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सत्यनारायण थापाका अनुसार प्रहरी र राजस्व अनुसन्धान कार्यालयको संयुक्त टोलीले चेक गर्ने क्रममा उक्त ट्रकको एयर फिल्टरभित्र लुकाइ राखेको अवस्थामा पेस्तोल बरामद भएको र त्यसमा वेबले.३२ लेखिएको कम्पनी मेड जस्तो देखिने पेस्तोल फेला परेको र सोबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
