
काठमाडौं : प्रतिनिधिसभा विघटनविरुद्ध आइतबार विभिन्न २३ दल तथा संगठनले काठमाडौंमा प्रदर्शन गरेका छन् ।

प्रतिनिधिसभा तत्काल पुनःस्थापना गर्नुपर्ने माग राख्दै उनीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको कदम प्रतिगमन उन्मुख भएको आरोप लगाएका छन् ।
बिज्ञापन



यता प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा कुनै हालमा पुनःस्थापना नहुने बताएका छन् ।

शनिबार काठमाडौंको प्रज्ञा भवनमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधा गर्दै उनले सो कुरा बताएका हुन् ।
उनले प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्चमा रिट दायर भएयताका हरेक सार्वजनिक र आन्तरिक भेलामा प्रतिनिधिसभा पुनःस्थापित नहुने ठोकुवा गर्दै आएका छन् ।