
दाङ : दाङमा यात्रुवाहक सब दुर्घटना हुँदा १९ जना घाइते भएका छन् ।

सोमबार बिहान तुलसीपुरबाट घोराही आउँदै गरेको ना ६ ख १८१४ नम्बरको यात्रुवाहक बस ग्वार खोलामा दुर्घटना भएको हो ।
बिज्ञापन



हेमन्तपुर प्रहरी चौकीका इञ्चार्ज इन्द्र पालका अनुसार घाइते सबैको अहिले राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ ।

बस अनियन्त्रित हुँदा दुर्घटना भएको प्रहरीको अनुमान छ ।