राष्ट्रिय सभा बैठक आज दिउँसो १ बजे बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं : संघीय संसद, राष्ट्रिय सभाको बैठक आज दिउँसो १ बजे बस्दै छ । आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट मधेशी आयोगको वार्षिक प्रतिवेदन पेश गर्ने कार्यसूची छ ।

बैठकमा राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सेनाले विषयगत समितिमा रहने सदस्यका नाम मनोनयनको लागि प्रस्ताव गर्नेछन् । आज विशेष समयमा राष्ट्रिय सभा सदस्यले आफ्नो धारणासमेत राख्ने छन् ।

बिज्ञापन

पुस १७ मा सुरु भएको राष्ट्रिय सभाको हिउँदे अधिवेशनमा बिजनेश नहुने भन्दै छिटै अन्त्य गर्ने बताइएको छ । हाल प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेकाले राष्ट्रिय सभा बैठकमा त्यति एजेण्डा नहुने भएकोले अधिवेशन अन्त्य गर्ने तयारी गरिएको जनाइएको छ ।

तर कतिपय सांसदहरुले भने मुलुक र जनताको समस्याको आवाज बुलन्द पार्ने स्थल राष्ट्रिय सभा भएकोले तत्काल अधिवेशन अन्त्य गर्न नहुने बताउँदै आएका छन् ।