
धनगढी । प्रधानमन्त्री केपी शर्मा ओली कैलालीको धनगढी आइपुगेका छन् । काठमाडौंबाट श्री एयरलाइन्सको जहाजमार्फत प्रधानमन्त्री ओली धनगढी अवतरण गरेका हुन् । धनगढी विमानस्थलमा प्रधानमन्त्री ओलीलाई स्वागत गर्न प्रदेश सरकारका कोही पनि पुगेनन् ।

प्रधानमन्त्री ओली धनगढी आउने औपचारिक जानकारी नभएकाले स्वागतका लागि कोही नगएको मुख्यमन्त्री त्रिलोचन भट्टको सचिवालयले जनाएको छ । कर्णाली प्रदेश सरकारमा नेकपाको ओली पक्षको सहभागीता शून्य छ । प्रधानमन्त्री ओलीले आज धनगढीको खुलामञ्चमा आयोजना हुने प्रदेशस्तरीय जनसभालाई सम्बोधन गर्नेछन् ।
बिज्ञापन



