गौरादह नगरपालिकालाई पौष २७ गते पृथ्वी जयन्तीको दिन सार्वजनिक बिदाको माग गर्दै बुझाइयो ज्ञापनपत्र

दमक । राष्ट्रिय एकता दिवस तथा पृथ्वी जयन्तीमा पौष २७ गतेको दिन सार्वजनिक बिदाको माग राख्दै परिवर्तनका लागि युवा अभियानले गौरादह नगरपालिकालाई ज्ञापन पत्र बुझाएको छ ।

श्री ५ बडामहाराजाधिराज पृथ्वी नारायण शाहलाई राज्यले नै उपेक्षा गरेको भन्दै पृथ्वीनारायण शाहको उपेक्षा नेपालको इतिहासको उपेक्षा हो र नेपालको इतिहासको उपेक्षा हुनु भनेको नेपाल र नेपालीको उपेक्षा हुनु हो भन्ने ठहर गर्दै राज्यको उक्त कदमको निन्दा गर्दै अभियानले २९९ओैं पृथ्वी जयन्तीमा सार्वजनिक बिदाको माग गरेको हो ।

बिज्ञापन


ज्ञापनपत्र बुझाए पश्चात् ओमकार प्रतिनिधिसंग कुरा गर्दै अभियानका अध्यक्ष उमेश कार्कीले भने ` राष्ट्र निर्मातालाई सम्मान गर्न नसक्नेहरुले नेपाल र नेपालीको इतिहासलाई सम्मान गर्न कदापि सक्दैन, राज्यले उपेक्षा गरेपनि बडामहाराजाधिराज हामी सम्पूर्ण नेपालीको मनमा जिवित होइबक्सेको छ ।´

`पृथ्वीनारायण शाहको कारणले हामी नेपाली हुन पाएका छौं , जसले आधुनिक नेपाल हामीलाई सुम्पनु भयो उहाँलाई सम्मान नगर्नु भनेको नेपालको गौरवपूर्ण इतिहास माथि बेइमानी गर्नु हो ।´ अभियानका सचिव आशोक कार्कीले ज्ञापनपत्र दिनुको ओैचित्य पुष्टि गर्दै भने ।

अभियानका सचिव अशोक कार्कीद्वारा हस्ताक्षरित ज्ञापनपत्र अभियानका अध्यक्ष उमेश कार्कीको नेतृत्वमा सचिव अशोक कार्की सदस्यहरु सागर राउत , प्रजेश कुवर , निमेष भण्डारी लगायतको उपस्थितिमा नगरपालिकाकी उप-मेयर गीता भेट्वाललाई हस्तान्तरण गरिएको थियो ।

बिहान १० बजे नै गौरादह नगरपालिकामा पुगेका अभियानका पदाधिकारीहरुले ११:३० बज्दासम्म नगरपालिकाका मेयर रोहित कुमार साह कार्यलय नआएपछि उप-मेयर गिता भेट्वाललाई ज्ञापनपत्र बुझाएका थिए ।