शहिद पत्रकार उमा सिंहको १२ औं स्मृति दिवस मनाइँदै

जनकपुरधाम : शहिद पत्रकार उमा सिंहको आज (सोमबार) १२ औं स्मृति दिवस मनाइँदै छ । २०६५ पुष २७ गते निर्ममतापूर्वक हत्या गरिएका पत्रकार सिंहको १२ औँ स्मृति दिवस विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदै छ ।

स्वर्गीय पत्रकार सिंहको स्मृति दिवसको अवसरमा नेपाल पत्रकार महासंघ धनुषा शाखाले आज साँझ दीप प्रज्वलन गरि श्रद्धाञ्जली अर्पण गर्नेछ भने क्रियाशील पत्रकार महिला धनुषाले समेत साँझ ५ बजे जानकी मन्दिरको प्राङ्गणमा श्रद्धाञ्जली सभाको आयोजना गर्न लागेको बताइएको छ ।

बिज्ञापन

स्थानीय रेडियो टूडेमा कार्यरत पत्रकार सिंहको २०६५ पुस २७ गते जनकपुरधाम-१४ रजौलस्थित डेरामा अपराधीले धारिलो हतियार प्रहार गरी निर्ममतापूर्वक हत्या गरेका थिए ।