रुकुममा जिप दुर्घटना हुदा चार जनाको मृत्यु

रुकुम पश्चिममा भएको जिप दुर्घटनामा चार जनाको मृत्यु भएको छ । घटनामा एक जना घाइते भएका छन् । आठबीसकोट नगरपालिका–७ को पोखरामा रा १ ज ५८९ नम्बरको जिप शुक्रबार राति साढे ८ बजे दुर्घटना भएको हो ।

आठबीसकोट–२०, घारीखोलाबाट जन्ती लिएर आठबीसकोट–८ दाँजेतर्फ जाँदै गरेको जिप दुर्घटना हुँदा घटनास्थलमै ४ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

बिज्ञापन

प्रहरीका अनुसार दुर्घटनामा आठबीसकोट–८ का ५१ वर्षीय गोरे नेपाली, ६६ वर्षीय सार्के नेपाली, ४८ वर्षीय आइते चदारा र सोही नगरपालिका–७ का ५१ वर्षीय कलिभान नेपालीको मृत्यु भएको हो । दुर्घटनामा ६० वर्षीय लालबहादुर नेपाली गम्भीर घाइते भएका छन् ।

फाइल तस्बिर