
विराटनगर । नेपाल रेडक्रस सोसाईटी मोरङले गरिब तथा विपन्न वर्गका ७३ घरपरिवारलाई कम्बल वितरण गरेको छ ।
रेडक्रसले केही दिनयता बढेको जाडोमा आर्थिक उपार्जनको श्रोत न्युन भएका घरपरिवारलाई लक्षित गर्दै सोमबार कम्बल वितरण गरेको होे । रेडक्रसले विराटनगर–१८ र जहदा–१ तथा ७ का कुल ७३ परिवार लाई कम्बल वितरण गरेको रेडक्रस मोरङका सभापति सुबोध सिंहले बताउनुभयो ।

उहाँले जहदा गाउँपालिका वडा नं. ७ को लक्ष्मिनिया युवा क्लबसँगको सहकार्यमा कम्बल वितरण गरिएको जानकारी दिनुभयो ।
रेडक्रसले भने आगामी दिनहरुमा पनि यस्ता कार्यलाई निरन्तरता दिने जनाएको छ ।
बिज्ञापन



