ट्याक्टर दुर्घटनामा परि एकजनाको मृत्युु

रुकुम पूर्व : ट्याक्टर दुर्घटना हुँदा रुकुम पूर्वमा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।(गएराती) साढे ९ बजेतिर भूमे गाउँपालिका‐१ पाथिहाल्नेबाट डोजेरको बकेट बोकेर सिस्ने‐५ स्थित रुकुमकोट तर्फ आउँदै गएको लु ४ प ४१८५ नम्बरको ट्याक्टर अनियन्त्रित हुँदा सिस्ने गाउँपालिका‐५ रुमालबारामा दुर्घटना भएको हो।

दुर्घटनामा परी ट्याक्टरका सह‐चालक २१ वर्षीय इन्द्रबहादुर बुढाथोकीको मृत्यु र चालक जीवन बुढाथोकी घाइते भएका जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक गणेशबहादुर श्रेष्ठले जानकारी दिएका छन्‌।

इन्द्रबहादुरको उपचारका क्रममा रुकुम पूर्व अस्पतालमा मृत्यु भएको  हो। घाइते बुढाथोकीको थप उपचारका लागि मंगलबार (आज) बिहान नेपालगञ्ज रिफर गरिएको छ।