प्रचण्ड-नेपाल समूहको तेस्रो चरणको आन्दोलन शुरु

प्रतिनिधिसभा विघटनको विरोधमा पुष्पकमल दाहाल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को तेस्रो चरणको आन्दोलन आजदेखी शुरु भएको छ ।

माघ १३ गतेदेखी सुरु हुने आन्दोलनको पहिलो दिन काठमाडौंमा सिठी जुलुस हुने केन्द्रीय संघर्ष समितिका संयोजक नारायणकाजी श्रेष्ठले जानकारी दिए । उनका अनुसार माघ १४ देखि २१ गतेसम्म संविधानसभा सदस्य, संघीय संसद सदस्य, प्रदेश सदस्यलगायतले धर्ना दिने कार्यक्रम हुँदै माघ २८ गते बृहत आमसभा गरेर तेस्रो चरणको आन्दोलन समापन हुनेछ ।

बिज्ञापन

गत पुष ५ गते प्रतिनिधिसभा विघटन भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीसँग राजनीतिक रुपमा विभाजित भएर अलग-अलग कार्यक्रम गरिरहेको प्रचण्ड समूहको नेकपा चरणबद्ध आन्दोलनमा रहेको छ ।