खुँडा प्रहार गरि युवकको हत्या

बझाङ । खुँडा प्रहार गरि एक युवकको हत्या भएको छ।मंगलबार बझाङ जिल्लाको छबिसपाथिभेरा गाउँपालिका वडा नम्बर ३ का अमृत सिंहको खुँडा प्रहार गरि हत्या भएको हो ।

उनीमाथि विद्यालयको व्यवस्थापन समितिको चुनाव सकेर फर्किने क्रममा खुँडा प्रहार भएको जिल्ला प्रहरी कार्यालय बझाङका डिएसपी रुपक खड्काले बताए।

बिज्ञापन

छबिस पाथिभेरा गाउँपालिकाको वडा नम्बर ३ मा रहेको बान्नीचौर माध्यामिक विद्यालयको शिक्षक अभिभावक संघको चुनाव सकेर घर फर्किने क्रममा भएको विवाद भएको थियो ।

प्रहरीका अनुसार घटनामा संलग्न एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोही गाउँपलिका वडा नम्बर २ का ज्ञानबहादुर कडायत छन् । घटनामा प्रयोग भएको खुँडा प्रहरीले बरामद गरेको छ ।